काठमाडौं, ३२ असार । जनता समाजवादी पार्टी नेपालले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार दिउँसो बसेको जसपा नेपालको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिन निर्देशन दिए अनुसार आज समर्थन फिर्ता लिएको हो ।
जसपा नेपालको यो पछिल्लो निर्णयसँगै संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा ओली सरकार अल्पमतमा परेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया