नेपालगञ्ज, १ साउनः यहाँको प्रसिद्ध शक्तिपीठ वागीश्वरीमा रु १५ लाख लागतमा अष्टधातुले बनेको जुँगे महादेवको मूर्ति यही साउन ५ गते सोमबार पुनःस्थापना गरिने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार भक्तजनको सुविधालाई दृष्टिगत गरी सोही दिनदेखि पूजार्चनाका निम्ति मन्दिर खुला हुनेछ । २००७ सालमा बनेको संरचना र मूर्ति स्थापना भएको ७५ वर्ष भइसकेकाले नयाँ मूर्ति निर्माणको आवश्यकता भएको औँल्याउँदै वागीश्वरी नजिक १०८ फिट अग्लो हनुमान्को मूर्ति पनि निर्माणाधीन छ ।
“विपीचोकबाट सुरु भएर इदगाह-गुरुद्वारा धम्बोझी-वागीश्वरी मन्दिर-घरबारीटोल– पीपलबोट-गुम्बा-त्रिवेणीमोड अब धार्मिक करिडोर बन्नेछ । नेपालगञ्ज सबै धर्म मान्नेको नगर हो । सबै धर्मावलम्बीको धार्मिकस्थल जोडेर करिडोर बनाउँदा आपसी सद्भाव बढेमा हामी विश्वस्त छौँ । ”, नगरप्रमुख विष्टले भन्नुभयो ।
दुई वर्षअघि जुँगे महादेव मन्दिरको मर्मतसम्भार थालिएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया