श्रावण २, २०८२ शुक्रबार July 18, 2025

शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने

परीक्षा साउन ३ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन २ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ मा कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालन गर्न लागिएको छात्रवृत्ति प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी सहभागी हुने भएका छन्।

महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये आवश्यक प्रमाणपत्र नजोडिएका एक हजार ९२ आवेदन अस्वीकृत गरिएको छ। शेष १६ हजार १३७ विद्यार्थीलाई परीक्षामा सहभागिताको अनुमति दिइएको हो। अस्वीकृत भएका आवेदनहरूमा नागरिकता वा जन्मदर्ताको प्रमाण, सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाणपत्र तथा कामपामा स्थायी बसोबास प्रमाणित हुने कागजातहरू नजोडिएको शिक्षा अधिकृत लक्ष्मी पौडेलले जानकारी दिए।

परीक्षा साउन ३ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान, अङ्ग्रेजी र सामान्य ज्ञानबाट १०० अंकको बहुवैकल्पिक प्रश्न सोधिनेछ। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ।

छात्रवृत्तिका लागि छनोट मेरिट सूचीको आधारमा हुनेछ। प्रवेश परीक्षा पास गरेका विद्यार्थीहरूले आफूले रोजेको संस्थागत विद्यालयमा छात्रवृत्तिको आधारमा अध्ययन गर्न पाउनेछन्।

महानगरपालिकाले यो कार्यक्रम आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गर्दै आएको छ। काठमाडौँ महानगरपालिकाले यस कार्यक्रममार्फत गुणस्तरीय शिक्षालाई पहुँचयोग्य बनाउने तथा विद्यार्थीको भविष्य उज्यालो बनाउने प्रयास गरिरहेको बताइएको छ।

विषयगत रूपमा सहभागिता यस प्रकार:

विज्ञान संकाय: ११,५९० जना

व्यवस्थापन संकाय: ४,१६४ जना

मानविकी संकाय: ३२ जना

शिक्षा संकाय: ९५ जना

कानुन संकाय: २५६ जना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघकाे अध्यक्षमा किशोर श्रेष्ठ चयन
२०८२ श्रावण २, शुक्रबार
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार