श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली

वर्तमान राजनीतिक परिस्थितिमा पार्टीविरुद्ध ठूलो संगठित हमला भइरहेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ०२ श्रावण । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा (एमाले) पार्टी सदस्यता नवीकरण नभएको स्पष्ट पारेका छन्। शुक्रबार बसेको पोलिटब्युरो बैठकमा बोल्दै उनले भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनःप्रवेशप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो विषय पार्टी निर्णयबिना अघि बढ्न नसक्ने बताए।

ओलीले भने, “उहाँलाई दुईपटक पार्टीले राष्ट्रपतिमा पठाएको हो। अहिलेको संवैधानिक व्यवस्थाअनुसार फर्किनुहुन्न भनेर नै जिम्मेवारी दिइएको हो। उहाँ सक्रिय राजनीतिमा फर्किनु हुँदैन। यो विश्वासको प्रश्न हो।” उनले पूर्वराष्ट्रपतिलाई कसैले उचालेको भरमा राजनीतिमा फर्कन खोज्नु अनुचित भएको उल्लेख गर्दै यस्ता गतिविधि गम्भीर हुने टिप्पणी गरे।

भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको र अब यसबारे निर्णय पार्टी कमिटीले गर्ने ओलीले जानकारी दिए। “यो मेरो व्यक्तिगत धारणा हो। तर विधिसम्मत छलफलपछि मात्र निर्णय हुन सक्छ,” उनले भने।

उनले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीविरुद्ध ठूलो संगठित हमला भइरहेको आरोपसमेत लगाए। पार्टीभित्रैबाट अराजकताका लक्षण देखिएको भन्दै त्यसलाई तुरुन्त नियन्त्रण गर्नुपर्ने उनले चेतावनी दिए। “पार्टीभित्रको अराजकतालाई रोक्नुपर्छ, नभए पार्टीले रोक्छ,” ओलीले भने।

पत्रकार कर्ण थापाको अभिव्यक्तिबारे पनि ओलीले टिप्पणी गरे। “कभर मात्र फरक पर्‍यो भनेर भन्नुभयो। आखिर कभरको कुरा रहेछ भने किन यत्रो बबाल?” उनले प्रश्न गरे।

एमाले सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद खारेज गर्दै संरचनालाई सरल बनाउने, उमेर तथा कार्यकालको सीमा हटाउने, पोलिटब्युरो सदस्य संख्या ८३ पुर्याउने लगायतका निर्णय गरेको पृष्ठभूमिमा ओलीको यस्तो अभिव्यक्ति आएको हो।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा एमालेमा प्रभावशाली भूमिकामा रहेर कार्य गरेकी थिइन्। पछिल्लो समय राजनीतिक वृत्तमा उनी सक्रिय राजनीतिमा फर्कनसक्ने चर्चा चुलिएको थियो। तर प्रधानमन्त्री ओलीको पछिल्लो भनाइपछि उक्त अड्कलबाजीलाई केही रोक लगाउने संकेत देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार