श्रावण १, २०८२ बिहिबार July 17, 2025

अछाममा बाढीबाट धनजन गुमाएका नागरिकको तत्काल व्यवस्थापन गर्न माओवादी केन्द्रको माग (विज्ञप्तीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अछाममा बाढीबाट धनजन गुमाएका नागरिकको तत्काल व्यवहारीक तथा जनपक्षीय व्यवस्थापन गर्न नेकपा (माओवादी केन्द्र)ले सरकारसँग माग गरेको छ ।

बाढी पीडित नागरिकहरुको अहिलेसम्म उचित व्यवस्थापन नभएको भन्दै माओवादी केन्द्रले सचेतनापूर्व चेतावनी दिदै सरकार समक्ष त्यस्तो माग राखेको हो । गत मंगलबार राति स्थानीय कैलाश खोलामा आएको बाढीले अछामकको रामारोशन गाउँपालिकाको वडा नम्बर पाँच अन्तर्गत पर्ने सैनी बजार आसपासका बस्तीहरु डुबाउँदा २२ घर परिवार विस्थापित हुन पुगेका छन भने बाढीले १७ जनालाई बगाएको थियो ।

बाढीले बगाएका १७ जना मध्ये सात जनाको शव फेला परेको छ । बाढीबाट मृतक हुनेमा स्थानीय ५४ बर्षीय चन्द्र बहादुर साउद, ३५ बर्षीय गौरी शाह, ४६ बर्षीय लाल्सरा शाह, २२ बर्षीय बबिता बुढा साउद, ४५ बर्षीय अमर शाह, १२ बर्षीय नविन शाह र १८ बर्षीय रमेश साउद रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । भने अझै १० जना बेपत्ताँ रहेको बताइएको छ । उक्त घटनाको विषयमा सरकारले उचित ढंगको व्यवस्थापन नगरेको र भैरहेको व्यवस्थापनले पीडित परिवारलाई जीवन निर्वाहमा सहजता नहुने भन्दै माओवादी केन्द्रले एक विज्ञप्ती सार्वजनिक गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकाल र प्रदेश संयोजक लोकेशद्धारा संयुक्त रुपमा जारी गरिएको उक्त विज्ञप्तीमा तत्काल पीडित नागरिकको समस्या समाधान गर्न चेतावनीपूर्वक आग्रह गरिएको छ ।

उक्त विज्ञप्तीमा भनिएको छ–‘अभिभावक गुमाएका, घरबार गुमाएका, बेपत्ता हुनपुगेको परिवारजनको तत्काल उचित (राहत, पठनपाठन, रोजगारी, उपचार, बसोबास र अभिभावकत्व) को व्यवस्थापन गरियोस । घाइतेहरुको तत्काल उपचार र बेपत्ताँ नागरिकको तिब्र खोजि गर्नका लागि समेत हाम्रो पार्टी सरकारलाई सुझाव दिन चाहन्छ ।’ घटनाका पीडितहरुको तत्काल व्यवहारीक तथा जनपक्षीय व्यवस्थापन गर्नुपर्नेमा सरोकारवाला राज्यका सम्पूर्ण निकायको ध्यानाकर्ष गराउँदै जारी गरिएको उक्त विज्ञप्तीमा सरकारले त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन नगरेमा नागरिकको जनविश्वास गुम्ने र जनविद्रोहको तयारीमा जुट्ने भन्दै चेतावनी समेत दिइएको छ ।

यस्तो छ माओबादी केन्द्रले जारी गरेको प्रेश विज्ञप्तीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार