श्रावण ५, २०८२ सोमबार July 21, 2025

जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा

यो पराजय प्रधानमन्त्री इसिबाका लागि दोस्रो ठूलो राजनीतिक असफलता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो, ५ साउन । जापानमा प्रधानमन्त्री शिगेरु इसिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र उनका सहयोगीहरूले देशको माथिल्लो सदनमा आफ्नो बहुमत गुमाएका छन्।

बहुमत गुमाए पनि तर उनले प्रधानमन्त्री पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् ।

जापानी संसदको माथिल्लो सदनमा कुल २४८ सिट रहेका छन्। इशिबाको गठबन्धनसँग पहिले नै ७५ सिट थियो। बहुमत कायम राख्नका लागि यो निर्वाचनमा कम्तीमा ५० नयाँ सिट आवश्यक भए पनि ४७ सिट मात्रै पाउन सफल भए । जसमध्ये एलडीपीले मात्र ३९ सिट प्राप्त गरेको छ । एउटा सिटको नतिजा आउन बाँकी छ ।

यो पराजय प्रधानमन्त्री इसिबाका लागि दोस्रो ठूलो राजनीतिक असफलता हो । यसअघि अक्टोबरमा भएको तल्लो सदन निर्वाचनमा पराजय पछि यो गठबन्धन अहिले दुवै सदनमा अल्पमतमा पुगेको छ । एलडिपी १९५५ मा स्थापित भएको थियो र यो पहिलो पटक हो कि यसले दुबै सदनमा बहुमत गुमाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार