श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अवरुद्ध स्याफ्रुबेँसी-रसुवागढी सडक सञ्चालनमा

चीनबाट आयात गरी टिमुरेमा राखिएका दर्जनौं विद्युतीय कार धमाधम काठमाडौं लैजान थालियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रसुवा। गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्ड सडक आजदेखि सञ्चालनमा आएको छ। सो सडक सञ्चालनमा आएसँगै आजैदेखि काठमाडौं-टिमुरे बस गुड्न थालेको छ।

नमस्ते पासाङल्हामु बस समितिअन्तर्गत धुञ्चेका काउण्टर प्रमुख सन्तोष तितुङका अनुसार काठमाडौंबाट यात्रुवाहक बस टिमुरे पुगेको हो। बाढीपछि टिमुरेको जनजीवन क्रमिक रूपमा सहज बन्दै गएको गोसाइँकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताए।

मितेरी पुल भत्किएर केरूङ जाने सम्भावना नरहेपछि टिमुरे तथा घट्टेखोला र रसुवागढी आसपासमा छेकिएका ट्रक तथा कन्टेनर फर्किन थालेका छन्। ट्राफिक प्रहरीका अनुसार १५ वटाभन्दा बढी सवारीसाधन रित्तै काठमाडौंतर्फ फर्किएका हुन्।

यसैगरी चीनबाट आयात गरी टिमुरेमा राखिएका दर्जनौं विद्युतीय कार धमाधम काठमाडौं लैजान थालिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार