श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आइभिएफ केन्द्रमा विकृति, कार्यविधि बनाउँदै स्वास्थ्य मन्त्रालय

डिम्ब दान गर्नका लागि २१ वर्ष उमेर पुगेको महिला हुनुपर्ने व्यवस्था सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  निःसन्तान दम्पतीका लागि आइभिएफ वरदान साबित भए पनि पछिल्लो समय विकृति बढ्दै गएको छ । नेपालमा आइभिएफसम्बन्धी खास कानुन नहुँदा विकृति बढ्दै गएको हो ।

केहीदिनअघि मात्र बबरमहलस्थित होप फर्टिलिटी सेन्टरका सञ्चालकहरू १८ वर्षभन्दामुनिका बालिकाहरूको  डिब्ब अवैध रूपमा निकालेर कारोबार गरेको आरोपमा पक्राउ परेपछि आइभिएफ क्षेत्रमा बढ्दो विकृतिलाई थप पुष्टि गरेको छ । हाल होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक सेन्टरका सञ्चालकहरू साधारण तारेखमा छुटिसक्नुभएको छ ।

नेपालमा आइभिएफको कति मूल्य लिने, आइभिएफ गराउँदा लाग्ने औषधीको कति मूल्य, कस्ता व्यक्तिले डिम्ब वा शुक्रकिट दान गर्न पाउनेलगायतका विषयमा स्पष्ट कानुन नहुँदा आइभिएफमा थप विकृति थपिँदै गएको हो ।

नेपालमा पछिल्लो समय निःसन्तानहरूको सङ्ख्या बढिरहेको छ । वैदेशिक रोजगारीमा गएर लामो समयसम्म काम गरेका पुरुषमा निःसन्तानको समस्या हुने गरेको छ । यस्तै महिलामा उमेर बढेपछि विवाह गर्दा निःसन्तान समस्या हुने गरेको छ । यस्ता निःसन्तान दम्पतीका लागि सन्तान प्राप्तिको सुवर्ण अवसर हो फर्टिलिटी केन्द्र तर त्यही फर्टिलिटी केन्द्रहरूमा अवैधानिक कारोबार बढ्न थालेपछि समग्र फर्टिलिटी केन्द्रप्रति मानिसको विश्वास घट्दै गएको छ ।

कार्यविधि बनाउँदै मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फर्टिलिटीसम्बन्धी कार्यविधि बनाउने भएको छ ।  मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले गत जेठ महिनामा कार्यविधिका लागि मन्त्रालयले समिति बनाइसकेको बताउनुभयो । कार्यविधिले डिम्ब दान गर्नका लागि २१ वर्ष उमेर पुगेको महिला हुनुपर्ने व्यवस्था सिफारिस गरेको छ । यस्तै आइभिएफका लागि कति शुल्क लाग्छ, फर्टिलिटी केन्द्रहरूले कतिसम्म फाइदा लिने भन्ने विषय पनि कार्यविधिमा हुने छ । डा. शर्माले बढीमा १५ दिनभित्रमा कार्यविधि आइसक्ने जानकारी दिनुभयो । नेपालमा हाल जनस्वास्थ्य सेवा नियमावली अनुसार फर्टिलिटी केन्द्र सञ्चालनमा रहेका छन् ।

कति छन् फर्टिलिटी केन्द्र ? 

हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ वटा फर्टिलिटी सेन्टरलाई अनुमति दिएको छ । मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्माले स्वास्थ्य मन्त्रालयले २५ वटा फर्टिलिटी केन्द्रलाई आइभिएफ सञ्चालनका लागि अनुमति दिएको जानकारी दिनुभयो । डा.शर्माका अनुसार १९ वटा काठमाडौँ उपत्यकामा र छ वटा उपत्यकाबाहिर रहेका छन् ।

उपत्यकाबाहिर अनुमति दिएका ठाउँमा भरतपुर, पोखरा, विराटनगर, वीरगन्ज, भैरहवालगायतका मुख्य सहरमा केन्द्रित छन् । डा. शर्माले मन्त्रालयले अनुमति दिँदा त्यो समयको नीति नियममा टेकेर दिएको जानकारी गराउनुभयो । उहाँले निःसन्तान केन्द्र विश्वका जुनसुकै मुलुकमा रहेको जानकारी गराउँदै नेपालमा पछिल्ला घटनाले विकृति ल्याएको जानकारी गराउनुभयो । उहाँले भारतमा समेत फर्टिलिटीसम्बन्धी कानुन दुई वर्षअघि मात्र आएको जानकारी गराउनुभयो ।

फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन) का अध्यक्ष तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालले फर्टिलिटीसम्बन्धी सरकारले स्पष्ट कानुन बनाइदिनुपर्ने बताउनुभयो । उहाँले कानुनको अभावमा विभिन्न समस्या आउने गरेको बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार