सप्तरी। सप्तरीमा खानेपानीको अभाव भएपछि प्रदेश सरकारले दमकल÷ट्याङ्करमार्फत खानेपानी वितरण सुरु गरेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि हाल रुपनी गाउँपालिका वडा नं १ र २ मा खानेपानी वितरण सुरु भइसकेको छ । यसका अतिरिक्त राजगढ गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, विष्णुपुर गाउँपालिका तथा सुरुङ्गा नगरपालिकामा खानेपानी अभाव देखिएका बस्तीमा पनि पानी आपूर्ति विस्तार गर्दै लगिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिनुभयो ।
स्थानीय तहहरूको मागका आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको समन्वय र नेपाली सेनाको सहयोगमा ट्याङ्करबाट पानी वितरण अभियान सञ्चालन गरिएको हो । यस क्रममा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्था गरिएको छ ।
खानेपानी आपूर्तिलाई थप प्रभावकारी बनाउन प्रत्येक पालिकामा सम्पर्क व्यक्ति तोकिएको जनाइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया