श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

सबैभन्दा बढी प्रभावित क्षेत्र पूर्वी पञ्जाब प्रान्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्लामाबाद, साउन ६ गते । पाकिस्तानमा हालको मनसुन वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । देशभर भएका अविरल वर्षा, आकस्मिक बाढी र वर्षासम्बन्धी विभिन्न घटनाहरूका कारण अहिलेसम्म कम्तीमा दुई सय एक्काइस जनाले ज्यान गुमाएका छन् भने पाँच सय ब्याना जनाभन्दा बढी घाइते भएका छन् ।

यो विवरण पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको हो । यो तथ्याङ्क जुन २६ देखि जुलाई २१ सम्मको अवधिमा संकलन गरिएको हो । पछिल्लो चौबिस घण्टामात्रै पाँच जनाको मृत्यु र दश जना घाइते भएको जनाइएको छ । सबैभन्दा बढी प्रभावित क्षेत्र पूर्वी पञ्जाब प्रान्त रहेको छ, जहाँ एक सय पैंतीस जनाको मृत्यु र चार सय सत्तरी जनाभन्दा बढी घाइते भएका छन् ।

त्यस्तै, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा छयालीस जनाले ज्यान गुमाएका छन् र उनहत्तर जना घाइते भएका छन् । दक्षिणी सिन्ध प्रान्तमा दुई सय जनाभन्दा बढी प्रभावित भएका छन्, जसमा दुई सय बाइस जनाको मृत्यु भएको र चालीस जना घाइते भएका छन् । बलुचिस्तान प्रान्तमा पनि सोही कारणले सोलह जनाको मृत्यु र चार जना घाइते भएका छन् ।

उत्तरी गिलगिट–बल्तिस्तान क्षेत्रमा भने कुनै मृत्यु भएको छैन, तर तीन जना घाइते भएको पुष्टि गरिएको छ। पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर क्षेत्रमा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । राजधानी क्षेत्र इस्लामाबादमा एक बालक घाइते भएको जनाइएको छ ।

वर्षा अझै जारी रहेकाले अधिकारीहरूले सम्भावित जोखिम रहेका क्षेत्रहरूमा उच्च सतर्कता अपनाइरहेका छन् । बाढीको चेतावनी जारी गरिएको छ र राहत तथा उद्धार कार्यका लागि प्रान्तीय सरकारहरूसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा निगरानी र सहायता कार्य सञ्चालन भइरहेको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार