श्रावण ७, २०८२ बुधबार July 23, 2025

गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस

घनिष्ठ सहयोगी भए पनि ट्रम्प र नेतान्याहुको आपसी अविश्वासका कारण सम्बन्ध जटिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, साउन ७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा र सिरियामा भइरहेको इजरायली हवाई आक्रमण नियन्त्रण गरी स्थितिमा सुधार ल्याउन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बोलाउनुभएको ह्वाइट हाउसलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

गत बिहीबार गाजाको क्याथोलिक चर्चमा भएको आक्रमणको प्रतिक्रिया स्वरूप ट्रम्पले नेतान्याहुलाई आफ्नो असन्तुष्टि व्यक्त गरी इजरायलले आक्रमणलाई गल्ती स्विकार गर्न बोलाउनुभएको जनाइएको छ । युद्धग्रस्त देशलाई स्थिर बनाउन काम गरिरहेको समयमा सिरियाको राजधानी दमास्कसमा भएको इजरायली हवाई आक्रमणबारे पनि ट्रम्पले छलफल गर्नु हुने ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरूलाई बताउनुभयो ।

घनिष्ठ सहयोगी भए पनि ट्रम्प र नेतान्याहुको आपसी अविश्वासका कारण सम्बन्ध जटिल बनेको सिएनएनले उल्लेख गरेको छ । इरानमा यस गर्मीको संयुक्त हवाई अभियानको समयमा उहाँहरूले नजिकबाट सहयोग गरे पनि उहाँहरूबीचको व्यक्तिगत गतिशीलता तनावपूर्ण रहेको छ ।

लेभिटले विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा सिरियामा भइरहेका कूटनीतिक प्रयासहरूतर्फ पनि सङ्केत गर्नुभयो । रुबियोले अमेरिकाले प्रतिबन्ध हटाउने र पूर्व विद्रोही नेता एवं सिरियाली राष्ट्रपति अहमद अल–सारालाई समर्थन दिएको समयमा तनाव कम गर्न काम गर्नुभएको थियो ।

ट्रम्पले नेतान्याहुको हालैको वासिङ्टन भ्रमणले गाजामा युद्धविरामको दिशामा प्रगति हुने आशा गर्नुभएको थियो । युद्धविराममा हमासले बन्धक बनाएका मानिसको रिहाइ र मानवीय सहायताको पहुँच विस्तार समावेश थियो । सम्झौता चाँडै हुँदैछ भन्ने ट्रम्पको बारम्बार दाबीका बावजुद कुनै पनि घोषणाबिना नेतान्याहुले अमेरिका छाड्नुभएको थियो ।

वार्तासँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै सिएनएनले सबै पक्ष अझै पनि पछिल्लो युद्धविराम र बन्धक मुक्तिको प्रस्तावमा हमासको प्रतिक्रियाको प्रतीक्षामा रहेको बताएको छ । सोमबार एक विज्ञप्तिमा हमासले सम्झौतामा पुग्न ‘चौबीसै हाम्रो सबै प्रयास र ऊर्जा प्रयोग गरिरहेको’ बताएको छ ।

लेभिटले गाजा द्वन्द्वको बढ्दो सङ्ख्याका बारेमा ट्रम्प गहिरो चिन्तित रहनुभएको बताउनुभयो । “मध्यपूर्वमा धेरै लामो समयदेखि भइरहेको यो द्वन्द्वबारे राष्ट्रपतिको सन्देश निकै क्रूर बनेको छ, विशेष गरी हालैका दिनहरूमा, तपाईँले धेरै मानिसहरूको मृत्यु भएको रिपोर्ट देख्नुभएको छ । मलाई लाग्छ राष्ट्रपतिले त्यो कहिल्यै हेर्न मन पराउनुहुन्न । उहाँ हत्याको अन्त्य होस् भन्ने चाहनुहुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले गाजामा मानवीय सहायता पुर्याउने ट्रम्पको प्रयासको पनि प्रशंसा गर्नुभयो । स्थानीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार मे महिनाको अन्त्यदेखि गाजामा मानवीय राहत खोज्दै गर्दा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सिएनएनले जनाएको छ । हालै २५ देशका विदेशमन्त्रीहरूले यस क्षेत्रमा ‘ड्रिप फिडिङ’ सहायताका लागि इजरायलको आलोचना गरेका छन् । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार