काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ ।
६ साउनको मध्यरातमा सकिएको बैठकमा २ सय ६४ जनाले एजेण्डामाथि बोलेका थिए । विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन गरी ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव निर्णय भएको छ र त्यसै गरी कार्यकर्ता दुई तहका हुने छन् ।
त्यसै गरी केन्द्रीय कमिटीका पदाधिकारी संख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एक तिहाइ हुने र केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने भएको छ । बैठकका आएका सुझावसहित निर्णय प्रदेश र जिल्ला कमिटीमा पठाउने र थप सुझावपछि विधान महाधिवेशनमा प्रस्ताव लैजाने निर्णय भएको छ ।
पूर्णपाठः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया