काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणको प्रक्रिया अब निष्क्रिय भइसकेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले यो विषय पार्टीको विधान र केन्द्रीय निर्णयका आधारमा अघि नबढाइएको स्पष्ट पारे।
उनका अनुसार, “पार्टी विधानको हिसाबले पनि त्यो विषय केन्द्रीय कमिटीको बन्नुपर्दथ्यो। केन्द्रीय कमिटीले नै उहाँको फरक भूमिकालाई आवश्यक ठानेको कारणले सदस्यता उहाँलाई सामेत गरिराख्नुपरेन।”
पूर्वराष्ट्रपति भण्डारीको पुनः राजनीतिक सक्रियता सम्बन्धी चर्चा चलिरहेका बेला एमालेको आधिकारिक धारणा प्रस्तुत गर्दै महासचिव पोखरेलले उनको भूमिकालाई अहिलेको अवस्थामा राजनीतिक जिम्मेवारीसँग जोड्न मिल्दैन भन्ने धारणा व्यक्त गरे।
“संविधानले सभामुखको हकमा प्रतिनिधि सभाको सदस्य कायम हुनुपर्ने भन्छ। तर राष्ट्रिपति भएपछि प्रतिनिधि सभा सदस्यबाट पनि राजीनामा दिनुपर्छ।” उनले उदाहरण दिँदै स्पष्ट पारे।
यससँगै, पार्टीले विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनबारे अहिले कुनै औपचारिक प्रक्रिया अगाडि नबढाउने संकेत दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया