श्रावण ७, २०८२ बुधबार July 23, 2025

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा

जापानले भन्सार र गाडी आयात शुल्क २५ प्रतिशतबाट १५ प्रतिशतसम्म कटौती गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा गर्नुभएको छ । जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो ।

सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५ सय ५० अर्ब अमेरिकी डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक रूपमा शुल्कहरू, ट्यारिफ तिर्ने कुरा भएको ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

उहाँले जापानले आफ्नो अर्थतन्त्रलाई कार, ट्रक, चामल र केही कृषि उत्पादनलगायत अमेरिकी उत्पादनका लागि खुला गर्ने बताउनुभयो ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले सम्झौताको स्वागत गर्नुभएको छ, तर सम्झौताका थप विवरणहरू अध्ययन गर्न बाँकी रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

यसै महिना जापानलाई पठाएको पत्रमा ट्रम्पले अगस्ट १ भन्दा अगाडि नयाँ व्यापार सम्झौता नभए अमेरिकामा जापानले गर्ने सामग्रीको निर्यातमा २५ प्रतिशत कर लगाउने चेतावनी दिनुभएको थियो ।

जापानले भन्सार र गाडी आयात शुल्क २५ प्रतिशतबाट १५ प्रतिशतसम्म कटौती गर्ने सम्झौतामा पुगेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार