श्रावण ७, २०८२ बुधबार July 23, 2025

दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने

दुई आयोगको बिचमा सहयोग, समन्वय र सहकार्य गर्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन ७ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबिच सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगमा रहेका सूचना, विवरण, जानकारी र उजुरी तथा सङ्क्रमणकालीन न्यायका विविध पाटाका विषयमा दुई आयोगको बिचमा सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको बेपत्ता आयोगका सदस्य तथा प्रवक्ता सिर्जना पोखरेलले जानकारी दिनुभयो ।

दुई आयोगबिच पीडितलाई केन्द्रविन्दुमा राखी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको चार वर्षे कार्ययोजना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली, २०८२ को मस्यौदा निर्माण गर्नुपर्ने बिषयमा पनि छलफल भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका  अध्यक्ष  तपबहादुर मगर, सदस्य सूर्यप्रसाद शर्मा ढुङ्गेल र लीली थापा तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला, सदस्य गोपालनाथ योगी र अग्निप्रसाद थपलिया लगायतले सहमति गर्नुभएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार