श्रावण ८, २०८२ बिहिबार July 24, 2025

चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग

सरकारसँग भएको सहमति पालना नभएको प्रति आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको छ।

आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको निर्देशनमा गत असार २४ गते सरकारले संघसँग गरेको उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्था संशोधनका लागि तीन बुँदे सहमति कार्यान्वन गर्नुपर्ने माग गरेको हो।

सरकार र संघबीच विद्यमान कानुनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायत विषयमा ११ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेगरी तीन सदस्यीय कार्यदल गठन भएको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारकासँग भएको सहमति समयमै पालना नहुँदा भविष्यमा मौखिक वा लिखित प्रतिबद्धतामाथि विश्वास गर्ने कुनै आधार हुँदैन। यसबाट नेपाल सरकारको विश्वसनीयता पनि गुम्ने स्थिति सिर्जना हुने प्रति ध्यानाकर्षण गराउन चाहन्छौँ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार