श्रावण ८, २०८२ बिहिबार July 24, 2025

अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आगामी साता स्टकहोममा आफ्ना चिनियाँ समकक्षीसँग भेट्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, साउन ७ गते । चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा संयुक्त राज्य अमेरिकासँग ‘समन्वयलाई सुदृढ’ बनाउने प्रयास गर्ने बुधबार जनाएको छ । वासिङ्टन र बेइजिङले यस वर्षको सुरुमा एकअर्काको निर्यातमा बढ्दो, प्रतिशोधात्मक कर लगाउने घोषणा गरेका थिए ।

प्रतिशोधात्मक करको वृद्धि तीन अङ्कमा पुगेपछि सम्झौताको वातावरण बनाउन भन्दै दुबै पछि हटेका थिए । त्यसअघि विवाद चुलिँदै जाँदा विश्वका दुई ठुला अर्थव्यवस्थाहरू बिचको व्यापार अवरुद्ध भएको थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आगामी साता स्टकहोममा आफ्ना चिनियाँ समकक्षीसँग भेट्ने बताउनुभएको छ । “तेस्रो चरणको उच्चस्तरीय वार्ताले अगष्टको मध्यसम्ममा लेभीको समयसीमा स्थगन हुने सम्भावना देखिएको छ,” बेसेन्टले फक्स बिजनेससँग बताउनुभयो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले वार्तामा दुवै पक्षले समानता, सम्मान र पारस्परिक लाभका आधारमा मिलेर काम गर्न सक्ने आशा गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामी सहमति बढाउने छौँ, असमझदारी कम गर्ने छौँ, सहयोगलाई बलियो बनाउने छौँ र चीन-अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासलाई बढावा दिने छौँ ।

चीनका उपप्रधानमन्त्री दसईपक्षबिच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ । “हे लाइफङ वार्ताका लागि जुलाई २७ देखि ३० सम्म स्वीडेनमा रहनुहुनेछ,” वाणिज्य मन्त्रालयका प्रवक्ताले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । गत मे महिनामा जेनेभामा उच्च अधिकारीहरूको बैठकपछि दुवै पक्षले कर वृद्धिको स्तर घटाउन अस्थायी रूपमा सहमत भएका थिए । गत जुनमा लन्डनमा पनि दुई देशका अधिकारीबिच भेटवार्ता भएको थियो ।

-समय सीमाबारे दृष्टिकोण-

बेसेन्टका अनुसार वासिङ्टनले इरानी र रुसी तेलको चिनियाँ खरिदलगायत विविध विषयमा पनि कुरा गर्न चाहेको थियो । संयुक्त राज्य अमेरिका र चीनबिचको व्यापार वार्ता जेनेभा बैठकपछि सुरुमा रोकिएको थियो, यद्यपि अहिले बेइजिङसँग व्यापार राम्रो स्थानमा रहेको बेसेन्टले जनाएको छ ।

अमेरिकी अधिकारीहरूले यसअघि बेइजिङले आफ्नो सम्झौता उल्लङ्घन गरेको र इलेक्ट्रोनिक्स र अन्य सामानहरू बनाउनका लागि महत्त्वपूर्ण सामग्रीहरू दुर्लभ खनिजहरूका लागि निर्यात इजाजतपत्र अनुमोदनहरू ढिलो गरेको आरोप लगाएपछि असहमतिहरू बाहिर आएका थिए । त्यसयता दुवै देशले जेनेभा सहमतिमा अघि बढ्ने फ्रेमवर्कमा सहमति जनाएका छन् ।

संयुक्त राज्य अमेरिकाले चीनलाई सेमी कन्डक्टर बिक्रीमा केही प्रतिबन्धहरू खुकुलो पारेको देखिएको छ, जबकि बेइजिङले नियन्त्रित वस्तुहरूको निर्यात इजाजतपत्रका लागि आवेदनहरूको पुनरावलोकन गरिरहेको छ । जनवरीमा ह्वाइट हाउसमा पुनः फर्केपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र राष्ट्रहरू र प्रतिस्पर्धीमाथि समान रूपमा १० प्रतिशत कर लगाउनुभएको छसाथै स्टील, आल्मुनियम र अटोमा उच्च स्तरमा कर लगाइएको छ । अगष्ट १ देखि चीनका लागि नभए पनि दर्जनौं अर्थतन्त्रका लागि १० प्रतिशतको करवृद्धि दर बढ्ने अपेक्षा गरिएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार