श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा

चिकित्सकमाथि हातपातको विरोधमा सर्लाही अस्पतालमा दुई दिनदेखि सेवा ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सर्लाहीमा रहेको प्रादेशिक अस्पताल मलंगवाका चिकित्सक माथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएका छन् ।

अस्पतालमा हड्डी भाँचिएर उपचारका लागि आएका मलंगवाका एक जना बिरामीलाई अन्यत्र रेफर गर्ने विषयलाई लिएर गएको सोमबार राति बिरामीका आफन्तले अस्पतालमा कार्यरत अर्थोपेडिक डा. कृष्णजंग साहमाथि हातपात गरेका थिए ।

डा. साहमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले दुइ दिनदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् ।

नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ती जारी गरी चिकित्सक माथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ । अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. सन्जिव सिंहले दोषी माथि कानूनी कारवाहीको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको बताए ।

अस्पतालले ओपिडी, ल्याब, एक्सरे लगायतका अन्य सेवा पूर्ण रूपमा बन्द भएको उनले जानकारी दिए । चिकित्सकको आन्दोलनका कारण आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द हुँदा उपचारका लागि आउने बिरामी मारमा परेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया