श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

एन्फा यू–१६ युथ लिग : एनआरटीविरुद्ध एपीएफकाे जित

पराजित एनआरटीले नवौँ खेलमा प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सशस्त्र प्रही बलको एपीएफ फुटबल क्लबले एन्फा यू–१६ युथ लिगमा न्युरोड टिम (एनआरटी)विरुद्ध जित निकालेको छ । एपीएफले बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एनआरटीविरुद्ध १–० को जित निकालेको हो ।

एपीएफको जितमा प्रशिस खनाल नायक बने । प्रशिसले दिलाएको गोललाई नै अन्तिम समयसम्म जोगाउँदै एपीएफले जित निकालेको हो । उनले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका हुन् ।

एपीएफले जितसँगै लिगमा १५ अंक बनाएको छ । लिगको पाँचौँ जित निकालेको एपीएफले आठ खेल खेल्दा पाँच जित र तीन हार बेहोरको छ । उसले अब नवौँ खेलमा फ्रेन्डस् क्लबसँग खेल्नेछ ।

पराजित एनआरटीले नवौँ खेलमा प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार
बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि सामान ढुवानी गर्न घिर्नी
२०८२ श्रावण ९, शुक्रबार
भरुवा बन्दुकसहित दुई जना पक्राउ
२०८२ श्रावण ९, शुक्रबार