श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

४९ जना सवार रूसी जहाज सम्पर्कविहीन, साइबेरियाबाट उडेको जहाजको खोजी जारी

साइबेरियाबाट उडेको विमान हरायो, ४३ यात्रु र ६ चालक दलको खोजी शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन ८ । ४९ जना यात्रुहरू सवार एक रूसी विमान बिहीबारदेखि सम्पर्कविहीन बनेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट अचानक गायब भएको हो।

साइबेरियामा आधारित एन्गारा एयरलाइन्सको उक्त जहाज रूसको ब्लागोभेसचेन्स्कबाट उडान भरेर चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रतर्फ जाँदै थियो।

क्षेत्रीय गभर्नर भासिली ओर्लोभले सामाजिक सञ्जाल टेलिग्राममार्फत जानकारी दिँदै भनेका छन्, “विमानमा ४३ जना यात्रु सवार थिए, जसमा ५ जना बालबालिका रहेका छन्। बाँकी ६ जना चालक दलका सदस्य हुन्।”

हाल विमानको खोज तथा उद्धार अभियान तीव्र रूपमा चलाइएको बताइएको छ। “सबै आवश्यक निकायहरू खोजी कार्यमा खटिइसकेका छन्,” गभर्नर ओर्लोभले टेलिग्राममा उल्लेख गरेका छन्।

यसबारे थप विवरण आउन बाँकी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार
बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि सामान ढुवानी गर्न घिर्नी
२०८२ श्रावण ९, शुक्रबार