काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधिमण्डलले भेट गरी ज्येष्ठ नागरिकसँग सम्बन्धित समस्याहरूबारे जानकारी गराएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रतिनिधिमण्डलले राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, वृद्ध भत्ता वितरण प्रणालीमा सुधार गर्नुपर्ने, आर्थिक वर्गीकरणको आधारमा भत्ता दिने व्यवस्था ल्याउनुपर्ने जस्ता मागहरू राखेका थिए।
यस्तै, नागरिकता नपाएका जेष्ठ नागरिकलाई नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्ने लगायतका विषयमा समेत प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको थियो।
भेटका क्रममा राष्ट्रपति पौडेलले प्रस्तुत गरिएका समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि आफूबाट सक्दो सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया