काठमाडौँ, साउन ८ गते । हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) पुरुष क्लब च्याम्पियन्स लिगमा कांस्य पदक जितेको छ ।
माल्दिभ्समा बुधबार राति भएको खेलमा हेल्प नेपालले श्रीलङ्का पोर्टस अथोरिटीलाई ३–१ को सेटमा हराउँदै कांस्य जितेको हो । हेल्प नेपालले २५–२०, २५–१५, २०–२५, २५–२१ को नजिता निकालेको हो ।
यसअघि लिग चरणको खेलमा पनि हेल्प नेपाल तेस्रो र पोर्टस चौथो भएको थियो । लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले पोर्टस लाई ३–० को सोझो सेटमा हराएको थियो ।
लिग चरणको अन्य खेलमा भने हेल्प नेपालले काजकिस्तानको झाइयक, माल्दिभ्सको धिवेही सिफाइङे र क्लब एचडिसीलाई हराएको थियो । हेल्प नेपालले किर्गिस्तानको बिस्केसँग भने हार खेपेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया