श्रावण ७, २०८२ बुधबार July 23, 2025

६० सह-सचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौैं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपल्ट ६० सहसचिव वा सो सरहका कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयको मंगलबार बसेको बैठकले उक्त संख्याका सहसचिवको काज–कामकाज सरुवा गरेको हो । केन्द्र सरकारका विभिन्न मन्त्रालय कार्यालयमा रहेका सहसचिवहरु प्रदेश मातहतका कार्यालयमा समेत पुगेका छन् ।

सरकारले सरुवा गरेका सहसचिवहरुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह-सचिव दिनेशकुमार घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगर पठाइएको छ । त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, हेटौँडा पठाइएको छ ।

यसैगरी राष्ट्रिय पुननिर्माण प्रधिकरणका चुडामणि पौडेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी पठाइएको छ । गृहमन्त्रालयका सह–सचिव महादेव पन्थलाई सामाजिक विकास मन्त्रालय, प्रदेश ५, बुटबल खटाइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका रघुराम विष्ट सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी खटाइएको छ ।

हेर्नुस् कुन सहसचिव कहाँ पुगे ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार