काठमाण्डाैंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । यो एकैदिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च हो।
यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया