काठमाण्डौंः पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणपछी उनी काठमाडौंस्थित ह्याम्स अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
काभ्रे स्थायी ठेगाना भएका उनले १० दिनअघि ज्वरो आएपछि बनेपामा नै उपचार गराएका थिए। तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौं रेफर गरिएको थियो। काठमाडौंमा कोरोना भाइरसको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको अस्पतालले जानकारी दिएको छ ।
हाल उनको अवस्थामा सुधार भएकाले आइसियूबाट सामान्य बेडमा सार्ने तयारी भइरहेको समेत अस्पतालले जानकारी दिएको छ। केही समयअघि उनले मुटुको समेत उपचार गराएका थिए ।
दोस्रो संविधान सभा निर्वाचनमा काभ्रे-३ बाट नेपाली कांग्रेसका तर्फबाट विजयी भएका वादे प्रचण्ड नेतृत्वको सरकारका पालामा उद्योग राज्यमन्त्री बनेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया