काठमाण्डाैंः जिल्ला प्रशासन कार्यालय चितवनले पुनः एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । सुरक्षा निकायका प्रमुख र सरोकारवालाहरुको बैठकले आगामी भदौ १९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
चितवनमा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए । उनका अनुसार अत्यावश्यक सेवा अन्तर्गत देखिएको बैंक तथा वित्तिय संस्थालाई भने केही खुकुलो बनाइने भएको छ ।
व्यवसायीहरु र अन्य नागरिकबाट गुनासो आएकाले बैंक तथा वित्तिय संस्था, केही खुकुलो बनाउने निर्णय भएको शर्माले बताए । साथै उद्योगधन्दा भित्र निश्चित स्थानमा क्वारेन्टाइनको व्यवस्था गरी आवाजजावत गर्न सकिने र कृषिजन्य ढुवानी, खानेपानी, बिजुली, इन्टेरनेट लगायतका सवारीसाधनलाई खुकुलो बनाइने निर्णय गरिएको छ ।
चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागु हुने गरी भरतपुर महानगरपालिकामा निशेधाज्ञा जारी गरेको थियो । त्यसपछि साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । यसअघि प्रशासनले भदौ ६ गतेदेखि शुक्रबार रातिसम्म लागु हुनेगरी जिल्लाभरी नै निषेधाज्ञा जारी गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया