राजविराज (सप्तरी), २३ साउन : आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ ।
स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
करेन्ट लागेको उहाँको घटनास्थलमै ज्यान गएको छ । उहाँका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया