काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहित ३ मन्त्रीको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ । शनिबार बिहान मन्त्री ढकाल सहित सीसीएमसीका संयोजक एवम् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाको स्वाब संकलन गरिएको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कै एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन मन्त्रीको स्वाब संकलन गरिएको हो । तीनै जना मन्त्रीको स्वाब रिपोर्ट आजै आउने बताइएको छ । तीनै जना मन्त्रीका सचिवालय सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको छ ।
छाउनीमा सीसीएमसीको बैठक व्यवस्थापनमा खटिएका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रीहरु पोखरेल, थापा र ढकाल आइसोलेसनमा बसेका छन् । पोखरेल र थापा आइसोलेसनमा बसेकाले आज बोलाइएको नेकपा सचिवालयको बैठक समेत स्थगित गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया