श्रावण ७, २०८२ बुधबार July 23, 2025

प्रहरी निरीक्षकसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको परीक्षणमा एक प्रहरी निरीक्षकसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ४ सय ४३ जनाको स्वाब परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३१ जना पर्साका, ८ जना बारा, ४ जना धनुषा, ३ जना महोत्तरी, दुई जना सर्लाही, एक/एक जना काठमाडौं र रौतहटका रहेको चौरासियाले बताउनु भयो । संक्रमितहरु १५ वर्षदेखि ५६ वर्ष उमेर समूहका रहेका छन् । संक्रमितमध्ये १० जना कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु रहेको प्रयोगशालाले जनाएको छ ।

यस्तै वीरगन्जको एक निजी अस्पतलामा कार्यरत थप एक चिकित्सकमा पनि कोरोना देखिएको छ । पर्साको पोखरिया नगरपालिका–३ मा ६ जना र वडा ४ मा चारजना कोरोना संक्रमण पुष्टि भएको छ । कालिकामाई गाउँपालिकाको भेडियारीमामा ३ जना संक्रमित थपिएका छन् ।

वीरगन्ज महानगरपालिका–१४ पिप्रामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । वीरगन्जको मुर्ली, नगवा, भिस्वा, विर्तामा पनि संक्रमित थपिएको अस्पतालले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार