काठमाडौंः उपप्रधान एवं रक्षमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । होम क्वारेन्टिनमा रहेका तीनै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको गृह मन्त्रालयले जनाएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानसेनापति थापा पनि होम क्वारेन्टिनमा रहेका थिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै मन्त्रीहरु र प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेका थिए ।
केही दिनअघि छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा मन्त्रीहरुसहित प्रधानसेनापति थापा पुगेका थिए । सोही क्रममा कोरोना संक्रमित कर्मचारीसँग मन्त्रीहरुको भेट भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया