काठमाण्डाैंः जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि डोटीमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागु गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
हिजो बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले गएराति १२ बजेदेखि लागु हुने गरी एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको र सोही अनुरुप निषेधाज्ञा जारी भएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ ।-रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया