काठमाण्डाैंः सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ सञ्चार तथा सूचना प्रविधी मन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारि दिए ।
यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको थियो । तर कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए । आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए ।
यस्तै सरकारले आउँदो सेप्टेम्बर १५ तारिखपछि बहराइनका राजकुमार शेख नसिर बिन हमाद अल खालिफा सहित १५ बहराइनी र तीन बेलायती नागरिक गरी १८ जनाको टोलीलाई नेपाल आउन अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।
उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदन्ड पालना गर्नेगरी नियमानुसार यहाँका लोबुचे र मनास्लु हिमाल आरोहण गर्नका लागि ‘चार्टर’ उडानबाट नेपाल आउन दिने निर्णय बैठकले गरेको छ ।
यी हुन मन्त्रीपरिषद्का निर्णयहरुः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया