काठमाण्डाैंः वाग्मती प्रदेश सरकारले भर्खरै स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त गरिएको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशीका सिफारिसमा सामाजिक विकासमन्त्री तथा सहकुलपति युवराज दुलालले प्रतिष्ठानका शिक्षाध्यक्षमा डा सतीश देव, रजिष्ट्रारमा राजेश प्रसाईं, निर्देशकमा डा हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुँडाललाई नियुक्त गर्नुभयो ।
नवनियुक्त पदाधिकारीलाई आजै पद तथा गोपनीयताको शपथ गराइएको थियो । सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको गौरव प्रतिष्ठानको विकासमा सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सामाजिक विकासमन्त्री दुलालले प्रतिष्ठानले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार गर्नाका साथै यस क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया