श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेकपा अध्यक्षद्धयबीच भेटवार्ता सकियो, बामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने बाटो खुल्यो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली भेट्न अर्का अध्यक्ष दाहाल प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार पुगेका थिए ।

करिब डेढघण्टा भएको छलफलमा भोली बिहबिार बस्ने पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरिने प्रतिवेदन लगायतका अन्य बिषयमा कुराकानी केन्द्रित भएको बालुवाटार श्रोतले बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई बनाउने कि डा. युवराज खतिवडालाई निरन्तरता दिने लगायतका विषयमा समेत छलफल भएको बालुवाटार श्रोतको दावी छ ।

अध्यक्षद्धय बीच भएको छलफलपछि पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन र राष्ट्रियसभामा कसलाई पठाउने भन्नेबारेमा भोलि बोलाइएको सचिवालय बैठकमै छलफल गर्ने विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बतायो । पछिल्लो समय पार्टी उपाध्यक्ष गौतमले आफू नै राष्ट्रियसभामा जाने बताएपछि प्रधानमन्त्री ओली सकसमा छन् ।

उनले अर्थमन्त्रीसमेत रहेका खतिवडालाई नै निरन्तरता दिने तयारी गरेका छन् । ओलीले गौतमलाई पनि ल्याउने र खतिवडालाई पनि निरन्तरता दिनेगरी कुनै बाटो निकाल्न सकिन्छ कि भन्ने विषयमा समेत छलफल गरेको श्रानेतले बताएको छ ।

नेकपा सचिवालय बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । यसअघि भदौ १३ गते बोलाइएको सचिवालय बैठक सचिवालय सदस्यहरु आइसोलेसनमा बस्नुपर्ने भएपछि १८ गतेसम्मको लागी स्थगित गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार