काठमाण्डौंः बिहीबार ललितपुरको भीड नियन्त्रणमा परिचालन भएका डेढ दर्जन प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवाहरुलाई प्रहरीले रोक्न खोज्दा बिहिबार दिनभर झडप भएको थियो । भिड नियन्त्रणका लागि उक्त फिल्डमा खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका करिब १८ जना प्रहरीमा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बतायो ।
यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया