काठमाण्डौंः जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म लगाएको कर्फ्यु हटाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा शुक्रबा अपरान्ह बसेको जिल्ला सुरक्षा समिति बैठक र अन्य सरोकारवाला पक्षसँग भएको छलफलपछि शुक्रबार (आज) राति १० बजेबाट कर्फ्यु हटाउने निर्णय गरिएको हो ।
रातो मत्स्येन्द्रनाथको रथ भएको क्षेत्र वरपर भने बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गर्दै यसलाई भदौ २६ गते राति १० बजेसम्म कायम राख्ने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
बिहीबार प्रशासन र स्थानीय गुठीहरुको निर्णयविपरीत एक समूहले निषेधाज्ञा उल्लंघन गर्दै जात्रा सञ्चालन गर्न खोजेपछि झडप भएको थियो । त्यसपछि जिल्ला प्रशासनले शुक्रबार बिहानदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया