काठमाण्डाैंः निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो कार्यकाल सफल रहेको दावी गरेका छन् । खतिवडाको मन्त्रालयबाट विदाइका बेला अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चुनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको उल्लेख गर्दै जग बसाल्न सफल भएको बताए ।
वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको उनको भनाइ थियो । आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको उनको दावी छ ।
बिषेशगरि भ्याट फिर्ता खारेजीको निर्णय आफ्नो कार्यकालको उपलब्धी रहेको उनको भनाइ छ । यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको उनको प्रतिक्रिया थियो ।
साढे दुई वर्ष अर्थमन्त्रालयको कार्यभार सम्हाल्नुभएका मन्त्री खतिवडाले आजै पदबाट राजिनामा दिएका छन् । हाललाई अर्थ र सञ्चार तथा सूनचा प्रविधी मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीलाइ दिइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया