काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको छ। अब बैठक आइतबार बिहान ११ बजे ओलीको भक्तपुरस्थित निवास, गुण्डुमा बस्नेछ।
बैठकमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, तथा सचिवहरू योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुजी महासेठ र लेखराज भट्टले समसामयिक राजनीतिक विषयमा धारणा राख्ने छन्।
एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने तय भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया