असोज २८, २०८२ मंगलबार October 14, 2025

सभापति देउवाले नेतृत्व छाडेर महाधिवेशनको मिति तोक्नुपर्छ : शशांक कोइराला

आगामी चुनावका लागि अन्य दलहरूसँग पनि परामर्श गरेर अघि बढ्नुपर्ने सुझाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई नयाँ गति दिन सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरि मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

उनले विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनमा जानुपर्ने र त्यसको तयारीका लागि देउवाले तत्काल कार्यसमिति विघटन गरी एक जनालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुपर्ने सुझाव दिए।

शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘मेरो धारणा के हो भने विशेष महाधिवेशन होइन कि अब नियमित महाधिवेशन गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भनेँ, शेरबहादुरजी, तपाईं विघटन गर्नुहोस्, एक जनालाई कार्यवाहक सभापति दिनुहोस्। उनले गठन गर्छन् र नीति तय गर्छन्।’

उनले मंसिरसम्ममा महाधिवेशनको मिति तय हुनुपर्ने आफ्नो व्यक्तिगत धारणा रहेको पनि स्पष्ट पारे।

आसन्न निर्वाचनबारे सोधिएको प्रश्नमा डा. कोइरालाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले चुनावलाई नकार्न नसक्ने बताए। उनले भने, ‘चुनाव त लड्नै पर्‍यो। लोकतान्त्रिक पार्टी भएको हुनाले हामीले चुनावलाई नकार्न सक्दैनौँ, त्यहाँ जानै पर्‍यो।’

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहभागी नहुने भनी दिएको अभिव्यक्तितर्फ संकेत गर्दै उनले डेमोक्रेसीमा चुनावबाहेक अर्को विकल्प नहुनेमा जोड दिए।

‘हाम्रो आग्रह के हो भने डेमोक्रेसीमा चुनावबाहेक अरू के विकल्प छ ?’ उनले प्रश्न गरे, ‘उहाँहरू (एमाले) पुन:स्थापना भन्नुहुन्छ, त्यो त कानुनी कुरा हो। कानुनले दिन्छ भने ठीक छ, होइन भने त अरू बाटो हुनुपर्‍यो नि।’

उनले देशमा शान्ति, सुव्यवस्था कायम गर्न चुनाव नै उत्तम विकल्प भएको बताउँदै सरकारलाई निष्पक्ष र धाँधलीरहित चुनाव गराउन आग्रह गरे।

साथै, उनले आगामी चुनावका लागि अन्य दलहरूसँग पनि परामर्श गरेर अघि बढ्नुपर्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता
२०८२ असोज २८, मंगलबार
गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
२०८२ असोज २८, मंगलबार
कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा, सभापति देउवा पहिलोपटक सार्वजनिक हुँदै
२०८२ असोज २८, मंगलबार
हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित नरहेको पुष्टि
२०८२ असोज २८, मंगलबार
विदेशी मुद्राको विनिमयदर सार्वजनिक : रुपैयाँ सुदृढ, डलर र युरो कमजोर
२०८२ असोज २८, मंगलबार
विश्वकप छनोटः नेपालद्वारा कतार पराजित
२०८२ असोज २८, मंगलबार
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार बस्ने
२०८२ असोज २८, मंगलबार