काठमाडौं । विवेकशील साझा पार्टीले जेनजी आन्दोलनसँगै वैकल्पिक राजनीतिक शक्तिहरुबीच बृहत्तर एकता र सहकार्यका लागि आह्वान गरेको छ ।
पार्टीका प्रवक्ता आशुतोष प्रधानले आइतबार विज्ञप्ति जारी गर्दै समृद्ध नेपाल निर्माणका निम्ति वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरुसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरण गर्न सबै ढोकाहरू खुला गरेको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “सबै प्रकारका खुला छलफल, बहस र बृहत्तर नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सरोकारवाला सम्पूर्णमा सार्वजनिक आह्वान गर्दछौं ।”
गत फागुन २१ गते आगामी निर्वाचनमा सहभागी हुने घोषणा गरेको विवेकशील साझाले जेनजी विद्रोहलाई ऐक्यवद्धता जनाउँदै त्यसकै जगमा बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई सहयोग गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ ।
प्रतिक्रिया