असोज २८, २०८२ मंगलबार October 14, 2025

बङ्गलादेशमा ५० करोड बालबालिका लक्षित टाइफाइड खोप अभियान सुरु

अन्य देशको तुलनामा बङ्गलादेशमा टाइफाइडको सङ्क्रमण दर उल्लेख्य रूपमा उच्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढाका । बङ्गलादेश सरकारले नौ महिनादेखि १५ वर्षसम्मका करिब पाँच करोड बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ राष्ट्रव्यापी टाइफाइड खोप अभियान सुरु गरेको छ ।

बङ्गलादेश सरकारका स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले आइतबार ढाकामा अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

एक महिना लामो अभियानले नोभेम्बर १३ सम्म निःशुल्क सुइँबाट दिन मिल्ने टाइफाइड खोपहरू प्रदान गर्नेछ। बङ्गलादेशले विश्वव्यापी खोपका लागि सहयोगी सङ्गठन गाभीबाट टाइफाइडको खोपको आपूर्ति प्राप्त गरेको छ।

स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार अन्य देशको तुलनामा बङ्गलादेशमा टाइफाइडको सङ्क्रमण दर उल्लेख्य रूपमा उच्च छ।

‘ग्लोबल बर्डन अफ डिजिज स्टडीज २०२१’ को तथ्याङ्कले बङ्गलादेशमा वार्षिक लगभग पाँच लाख मानिसहरूमा टाइफाइडको सङ्क्रमण हुने र यसमध्ये करिब आठ हजार जनाको मृत्यु हुन्छ। चिन्ताजनक कुरा के छ भने यी मृत्युमध्ये ६८ प्रतिशत बालबालिकाको सङ्ख्या रहने गरेको छ ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया