असोज २८, २०८२ मंगलबार October 14, 2025

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज ऐतिहासिक दिन साबित भएको छ । सोमबार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा यो मूल्य २ हजार ४ सय रुपैयाँले बढी हो ।

सुनसँगै चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ । आइतबार प्रतितोला ३ हजार १२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३ हजार २२० रुपैयाँमा पुगेको छ । यो मूल्य पनि हालसम्मकै उच्च हो ।

महासंघका अनुसार, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ६ हजार १०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७६० रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया