काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मनत्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एकैदिन ३ महिला र ६ पुरुषको मृत्यु भएको जानकारि दिए ।
मृत्यु हुनेमा मोरङकी ४३ बर्षिय महिला, मकवानपुरकी ५२ बर्षिय महिला र नवलपरासीकी ३७ बर्षिय महिला रहेका छन् । यस्तै पर्साका ७५ बर्षिय पुरुष, महोत्तरुीका ७८ बर्षिय पुरुष, काठमाडौंका ४१,५९ र ६५ बर्षिय ३ पुरुष र रुपन्देहीका ४० बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यो संगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।
देशभरि आज नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिभिन्न प्रयोगशालामा १२ हजार ४७३ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको प्रवक्ता गौतमले जानकारि दिए ।
यस्तै थप १ हजार ५ सय ६६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २७ हजार १२७ पुगेको छ । यो संख्या कुल संक्रमितको ६० प्रतिशत हो । आज देशभर ६ हजार ५६१ जना क्वारेन्टाइनमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया