श्रावण ८, २०८२ बिहिबार July 24, 2025

काठमाण्डौं उपत्यकामा एकैदिन ४०८ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन ४सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मनत्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाण्डौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ गरि ४०८ जनामा संक्रमण पुष्टि भएको जानकारि दिए । देशभरि आज नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिभिन्न प्रयोगशालामा १२ हजार ४७३ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप १ हजार ५ सय ६६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २७ हजार १२७ पुगेको छ । यो संख्या कुल संक्रमितको ६० प्रतिशत हो । आज देशभर ६ हजार ५६१ जना क्वारेन्टाइनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार