असार २९, २०८२ आइतबार July 13, 2025

कञ्चनपुरमा स्क्रब टाइफसका ३ बिरामी भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः महाकाली नगरपालिकामा तीन जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा तीन जना स्क्रब टाइफसका बिरामीमा भेटिएका हुन् ।

उच्च ज्वरो भएर उपचारका लागि आएका ११ जना बिरामीको परीक्षण गर्दा तीन जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको सो केन्द्रले जनाएको छ । स्क्रब टाइफस रोगसँग मिल्दोजुल्दो लक्षण लिएर उपचारका लागि आएका ११ जना बिरामीको आरडीटी परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखापरेको स्वास्थ्य केन्द्रका डा गगन चौधरीले बताए ।

उनका अनुसार हालसम्म उच्च ज्वरो भएका ५० भन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य केन्द्रमा आइपुगेको र तीमध्ये सात जनाको मृत्यु भइसकेको छ । उच्च ज्वरोका कारण मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले स्वास्थ्यकर्मी परिचालन गरेर बिरामी र मृत्यु भएका बिरामीको आफन्तको रगत परीक्षणका लागि नमूना सङ्कलन गरेको थियो । त्यसको नतिजा अहिलेसम्म आएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया