भाद्र ९, २०८३ मंगलबार August 25, 2026

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकताः एआइजी कार्की

समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अतुलनीय रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ कात्तिक । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले नागरिकको जीउ र धनको सुरक्षाका लागि नेपाल प्रहरी २४सै घण्टा खटिएको बताएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुभ दीपावली तथा छठ पर्व २०८२ को अवसरमा आयोजना गरेको सङ्गीतिक तथा ट्राफिक सचेतना कार्यक्रममा एआइजी कार्कीले प्रहरी सधैँभरी नागरिकको सुरक्षामा समर्पित रहेको र समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अतुलनीय रहेको बताए ।

“प्रहरी भनेको नागरिकको सुख–दुःखमा साथ दिने संस्था हो । हामी नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर खटिएका छौँ,”– उनले भने ।
उनले विशेष गरी चाडपर्वको समयमा बढ्दो भीडभाड, सवारी चाप, मादक पदार्थको दुरुपयोग र सम्भावित आपराधिक गतिविधिहरू नियन्त्रण गर्न प्रहरी अझ बढी सतर्क र सक्रिय रहेको जानकारी दिए ।

कार्यक्रममा एआइजी कार्कीले जनतालाई चाडपर्व शान्तिपूर्ण, संयमित र पारिवारिक वातावरणमा मनाउन आग्रह गरे । उनले मादक पदार्थ सेवनबाट टाढा रहन, ट्राफिक नियमको पालना गर्न, सार्वजनिक शान्ति भङ्ग हुने कार्य नगर्न र सहयोगी नागरिक बन्न पनि अनुरोध गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री
२०८३ भाद्र ९, मंगलबार
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
२०८३ भाद्र ९, मंगलबार
चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन
२०८३ भाद्र ९, मंगलबार
नेपाली राष्ट्रिय पिकलबल टोली घोषणा
२०८३ भाद्र ९, मंगलबार
यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ
२०८३ भाद्र ९, मंगलबार