कार्तिक ७, २०८२ शुक्रबार October 24, 2025

झलमली बत्तीको चलन बढेपछि तिहारमा माटाका सामग्रीको बजार मन्द

वीरगञ्जमा माटाका दियो र भाँडाकुँडाको व्यापार सुस्त, व्यापारी चिन्तित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), ४ कात्तिक : वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्नुहुन्छ ।

“अघिल्ला वर्षमा त दिनकै रु पाँच हजारसम्म व्यापार हुने गथ्र्याे । अहिले त मुस्किलले रु दुई हजार ५०० को व्यापार हुन पनि मुस्किल परिरहेको छ”, उहाँले भन्नुभयो, “पहिलाजस्तै दियो तथा पालाको व्यापार हुन भने छाडेको छ ।”

प्रजापतिले दसैँको टीकापछि छठसम्मको अवधिमा माटाका विभिन्न थरिका सरसामान बिक्री गर्दै आइरहेको बताउनुभयो । सडकमा माटोबाट बनाइएका दियो, घैला, नदिया, खपरी, ढकनालगायत माटाका सरसामान बेचबिखन गर्दै आइरहनुभएको छ । त्यस्तै वीरगञ्जको घण्टाघरसँगै रहेको बिपी उद्यानको फुटपाथमा माटाका भाँडा बेच्दै आइरहनुभएको बिर्जु पडित प्रजापतिले पनि यस वर्ष दीपावलीमा प्रयोग हुने पाला तथा दियोको व्यापारमा कमी आएको गुनासो गर्नुभयो ।

“एक दशकदेखि माटाका विभिन्न भाँडाकुँडा बेचबिखन गर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “अहिलेका मान्छेहरू झलर तथा झिलीमिली बत्ती किन्ने भएकाले पनि माटाका भाँडाकुँडामा खासै ध्यान दिँदैनन् ।” वीरगञ्ज १२ मुर्लीका चन्द्र हजारा ठाकुर तिहारमा आवश्यक पर्ने विभिन्न माटाका दियो तथा अन्य सरसामान किन्ने गरेको बताउनुभयो । “दीपावली र छठमा माटाका भाँडाकुँडा वर्षाँैदेखि किन्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय मान्छे आधुनिक भएसँगै माटाका दियो, पाला लगायत सामान किन्न छाडेको देखिन्छ ।”

व्यापारीका अनुुसार साना खालका दियो १०० थानको रु एक सय ५० पर्ने गर्छ । त्यसैगरी सानो प्रकृतिको घैला ९० र ढकना पनि रु एक सयमा पाइने गर्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेकपा एसको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
२०८२ कार्तिक ७, शुक्रबार
गृहमन्त्री अर्यालमाथि लगाइएको आरोप असत्य रहेको पशुपति क्षेत्र विकास कोषको दाबी
२०८२ कार्तिक ७, शुक्रबार
शहरबासी सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
२०८२ कार्तिक ७, शुक्रबार
प्रधानमन्त्री भेट्न काठमाण्डौं मेयर बालेन बालुवाटारमा, जेन जी आन्दोलनको मागबारे छलफल
२०८२ कार्तिक ७, शुक्रबार
दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
२०८२ कार्तिक ७, शुक्रबार
जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड
२०८२ कार्तिक ७, शुक्रबार
मार्फा-छैरो-चिमाङ सडक स्तरोन्नति गरिने
२०८२ कार्तिक ७, शुक्रबार