कार्तिक ७, २०८२ शुक्रबार October 24, 2025

मार्फा-छैरो-चिमाङ सडक स्तरोन्नति गरिने

चिमाङसम्म जोड्ने सडक जीर्ण र असहज हुँदा स्थानीय सर्वसाधारणलाई आवतजावत र मालसामान ढुवानीलगायत कार्यमा जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुस्ताङ। घरपझोङ गाउँपालिकाअन्तर्गतको मार्फा-छैरो-चिमाङ सडक स्तरोन्नति गरिने भएको छ। गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत उक्त सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड विनियोजन गरिएको छ।

बेनी-जोमसोम ७६ किमी सडकमार्गको मार्फा सामग्रीदेखि कालीगण्डकी पारि ओझेलमा परेको यहाँको छैरो-चिमाङ गाउँ जोड्ने सडकलाई थप स्तरोन्नतिसहित आवश्यक स्थानमा कालोपत्र गर्ने गरी बहुवर्षीय योजना स्वीकृत हुनसक्ने सम्भावित सूचीमा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठले जानकारी दिए।

कालीगण्डकी नदीमा निर्मित मार्फा-छैरो पुलबाट चिमाङसम्मको कच्ची सडकलाई स्तरोन्नति गर्दै आवश्यक स्थानमा कालोपत्र गर्नेगरी बहुवर्षीय योजनाका रुपमा कार्यान्वयन हुनसक्ने सम्भावना भएकाले तत्कालका लागि छैरो-चिमाङ सडक स्तरोन्नति कार्यान्वयन नगरिएको उनले बताए। ‘हामीले तत्कालका लागि यहाँको सडक कार्यान्वयन गर्न रोकेका छौँ, बहुवर्षीय कार्यक्रमका रुपमा निर्देशन प्राप्त भएमा कार्यालयका तर्फबाट सोही अनुसार प्रक्रिया अघि बढाइनेछ,’ प्रमुख श्रेष्ठले भने।

छैरो-चिमाङ सडकलाई बहुवर्षीय कार्यक्रमका रुपमा लैजाँदा चालु आवमा विनियोजन भएको रकमको पाँच गुणासम्मको लागत अनुमान तयार गरी स्रोत सुनिश्चित हुने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ। बहुवर्षीय कार्यक्रम स्वीकृत हुँदा मार्फा-छैरो-चिमाङ करिब चार किलोमिटर सडकको केही खण्ड कालोपत्र र अन्यमा स्तरोन्नति हुने उनले उल्लेख गरे। छैरो-चिमाङ सडक बहुवर्षीय कार्यक्रम स्वीकृत हुँदा चालु आवमा ठेक्का सम्झौता र सडक स्तरोन्नति कार्य सुरु हुनेछ।

कालीगण्डकी नदी पारि रहेको ओझेलमा परेको कृषि गाउँ चिमाङसम्म जोड्ने सडक जीर्ण र असहज हुँदा स्थानीय सर्वसाधारणलाई आवतजावत र मालसामान ढुवानीलगायत कार्यमा जोखिम देखिएको छ। छैरोबाट चोखोपानी खोलासम्म सिधा कच्ची सडक र चोखोपानीबाट चिमाङसम्म ठाडो उकालो सडक जीर्ण हुँदा यातायातका साधनको सहज पहुँच पुग्न सकेको छैन।

छैरो-चिमाङ सडकलाई स्तरोन्नति तथा कालोपत्र गर्न सकिएमा त्यस क्षेत्रको कृषि उपजको सहज बजारीकरण तथा पर्यटन विकासमा समेत टेवा पुग्ने स्थानीय इन्द्रप्रसाद थकालीले बताए। मार्फा-छैरो जोड्ने कालीगण्डकी नदीमा पुल निर्माण भइसकेकाले चिमाङसम्मको सडक स्तरोन्नति तत्कालको आवश्यकता रहेको उनले उल्लेख गरे।रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेकपा एसको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
२०८२ कार्तिक ७, शुक्रबार
गृहमन्त्री अर्यालमाथि लगाइएको आरोप असत्य रहेको पशुपति क्षेत्र विकास कोषको दाबी
२०८२ कार्तिक ७, शुक्रबार
शहरबासी सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
२०८२ कार्तिक ७, शुक्रबार
प्रधानमन्त्री भेट्न काठमाण्डौं मेयर बालेन बालुवाटारमा, जेन जी आन्दोलनको मागबारे छलफल
२०८२ कार्तिक ७, शुक्रबार
दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
२०८२ कार्तिक ७, शुक्रबार
जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड
२०८२ कार्तिक ७, शुक्रबार
मार्फा-छैरो-चिमाङ सडक स्तरोन्नति गरिने
२०८२ कार्तिक ७, शुक्रबार