कार्तिक ११, २०८२ मंगलबार October 28, 2025

काँग्रेस सभापति देउवा उपचारका लागी आज सिंगापुर जाँदै

आज राति ९ बजे देउवा पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर उड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेका हुन् ।

जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए ।

देउवाको टाउकोमा गहिरो चोट लागेको कारणले उपचारको क्रममा १२ टाँका लगाइएको थियो ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए। देउवाले सोही दिन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मा दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया