कार्तिक ११, २०८२ मंगलबार October 28, 2025

नेकपा विप्लवले कात्तिक २० गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

उक्त दिनमा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका कार्यकर्ताहरूद्वारा र्‍याली निकालिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले यही कात्तिक २० गते काठमाडौँमा प्रदर्शन र सभा गर्ने भएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै विप्लवले यस्तो आह्वान गरेका हुन् ।

उनले लेखेका छन् ‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर,दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २०गते काठमाडौँमा भेटौँ साथीहरू ।’

उनले स्वाधीनता र समाजवादका पक्षमा उभिनका लागि कात्तिक २० गते काठमाडौँमा भेट्न भनेका छन् । नेता सन्तोष बुढामगरले भने जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको जानकारी दिए ।

नेता बुढामगरका अनुसार उक्त दिनमा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका कार्यकर्ताहरूद्वारा र्‍याली निकालिने छ । त्यसपछि सभा आयोजना हुनेछ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् । सभामा करिब १०/१५ हजार मानिसहरू सहभागी हुने उनले बताए । प्रदर्शन र सभास्थल भने निश्चित भई नसकेको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया